प्रयागराजको कुम्भमेलामा भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु

भारतको उत्तर प्रदशेस्थित प्रयागराजमा जारी कुम्भमेलामा भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

बुधवार राति करिब १ः३० बजेतिर कुम्भमेलाका क्रममा एउटा घाटमा भागदौड हुँदा  दर्जनाैं घाइतेसमेत भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कुम्भमा भएको भागदौडपछि भक्तजनले यसको व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाइरहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

भागदौडपछि मानिसका सरसामान, लुगा, कम्बल र झोला जताततै छरिएका छन् । मानिसहरू विचलित अवस्थामा देखिन्छन् ।

कुम्भमेलामा अचानक भागदौड भएको थियो । मानिसहरूले यात्रा गर्ने बाटो फेला पार्न नसक्दा घटना भएको जनाइएको छ ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरेर स्थितिबारे जानकारी लिएका छन् ।

एजेन्सी

Comments

Back to top