कपालमा तेल कतिबेला लगाउने ?
मौसम जस्तो भए पनि कपालको सधैं ख्याल गर्न जरुरी हुन्छ। जाडोमा नियमित रुपमा कपाललाई ट्रिट् गरिराख्नुपर्छ ।
जाडोमा कपाललाई धेरै लामो हुन नदिनुहोला किनकि छोटो कपाललाई सजिलोसँग देखभाल गर्न सकिन्छ । यिनलाई धोइराख्न पनि जरुरी छ । त्यसैले चिसो मौसममा छोटो कपाल धुन पनि सजिलो हुन्छ ।
धेरैजस्तो पुरुषहरु कपालमा बेला बेलामा पानी लगाइराख्छन् ताकि कपाल आफ्नो सेटमा बसिराखोस् भनेर । त्यसरी पानी लगाइराख्नुभन्दा जेल वा हेयर स्प्रे प्रयोग गर्नुहोस् ।
कपाल दिनहुँ स्टाइलिंग गर्दा रुखो र बेजान हुने गर्दछन् । कारण हो स्टाइलिंग उपकरणको धेरै प्रयोग गर्नु । सकेसम्म ब्लो ड्रायरहरुको प्रयोग नगर्नुहोस् ।
चाँडो चाँडो नुहाउनुपर्ने भएकाले अलि माइल्ड स्याम्पु प्रयोग गर्नुहोस् । स्याम्पुलाई पानीमा घोलेर प्रयोग गर्नुहोस् । कपालमा डाइरेक्ट स्याम्पु लगाउँदा यसले नराम्रो असर गर्न सक्छ ।
यदि कपाललाई स्वस्थ र आकर्षक बनाउन चाहनुहुन्छ भने कपालमा तेल लगाउन एकदमै जरुरी छ । तेल जहिले पनि कपाल धुनुभन्दा पहिला लगाउनुहोस् नकि पछि ।
नुहाएपछि तेल लगाउँदा यसमा धुलोमाटोका कणहरु कपालमा टाँसिन्छन् । त्यसैले सबैभन्दा राम्रो तरिका नुहाउनुभन्दा आधा घण्टा पहिला तेलले मसाज गर्नुहोस् ।
हप्तामा दुईदेखि तीनपटक तेलले मालिस गर्नुहोस्, यसले कपाललाई पोषण मिल्छ ।
एजेन्सी
Comments