अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध अनुसन्धान गर्ने १२ अधिकारी बर्खास्त
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ जना अधिकारीलाई बर्खास्त गरेको छ । बर्खास्तमा परेका उनीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए ।
अमेरिकाका कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले ती अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गर्नुभएको बीबीसीले जनाएको छ ।
न्याय विभागका ती अधिकारीले आउँदा दिनमा राष्ट्रपति ट्रम्पको एजेन्डालाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न नसक्ने भएकाले बर्खास्त गरेको कार्यवाहक महान्यायाधिवक्ता म्याकहेनरीले बताएका छन् । यसैबीच राष्ट्रपति ट्रम्पले थप तीनवटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना छ ।
उनले सेनामा ट्रान्सजेन्डरको भर्ती, कोभिड भ्याक्सिन अस्वीकार गर्ने सिपाहीको पुनर्स्थापना तथा विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित आदेशमा हस्ताक्षर गर्ने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ ।
एजेन्सी
Comments