नेप्सेमा २४.५० अंकको वृद्धि, ९ अर्ब ४० करोडको सेयर कारोबार!

मंगलबार नेप्से परिसूचक २४.५० अंकले बढेर २,६५७.७७ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२५ कम्पनीको कुल १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयरको करिब ९ अर्ब ४० करोड २६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १७७ कम्पनीको सेयर मूल्य बढेको छ, ६० कम्पनीको मूल्यमा गिरावट छ भने ६ कम्पनीको मूल्य स्थिर रहको छ।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, सिक्लेस हाइड्रोपावर लिमिटेड, थ्रीस्टार हाइड्रोपावर लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ । टप लुजरमा दोल्ती पावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ८.४३% ले घटेको छ। कारोबार रकमका आधारमा सप्तकोशी डेभलपमेन्ट बैँक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड २१ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा एनआइसी एशिया ग्रोथ फण्ड २ को सबैभन्दा धेरै कारोबार भयो।

Comments

Back to top