नेप्से इन्ट्राडे अपडेट: ९.८० अंकको वृद्धि!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ९.८० अंकले बढेको छ।

दुई घण्टामा नेप्से ९.८० अङ्कले बढेर २,६४३.०७ मा आएको हो। ३०५ कम्पनीको ७,२३३,४७५ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३ अर्ब ७१ करोड ६९ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा थ्रिस्टार हाइड्रोपावर लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा दोल्ती पावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

Comments

Back to top