कैलाश मानसरोवर यात्रा पाँच वर्षपछि फेरि शुरू, भारत र चीनबीच सिधा फ्लाइट
कैलाश मानसरोवर यात्रा फेरि शुरू हुने भएको छ । भारत र चीनबीच सन् २०२० को जुन महिनामा डोकलाम विवादपछि यात्रा रोकिएको थियो । त्यो बेला मार्चमा कोरोना भाइरसको लहरसमेत आएको थियो । यसकारणले उक्त समयमा यात्रा भएको थियो ।
यसपालि दुवै देशका विदेश सचिवबीच दुई दिनसम्म चलेको छलफलपछि मानसरोवर यात्रा फेरि शुरू गर्ने निर्णय भएको थियो । त्यस्तै कोभिडपछि बन्द भएको सिधा हवाई उडानसमेत चालु हुने भएको छ ।
भारतीय विदेश सचिव विक्रम मिश्री वार्ताका लागि बेइजिङ गएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच गत अक्टोबरमा कजानमा भएको वार्ताले थप सहमति गराएको थियो ।
कैलाश मानसरोवरको धेरैजसो क्षेत्र तिब्बतमा पर्छ । कैलाश पर्वत श्रेणी कश्मीरदेखि भुटानसम्म फैलिएको छ ।
लिपुलेखबाट कैलाश मानसरोवर ६५ किलोमिटर टाढा छ ।
सिक्किमको नाथुलाबाट मानसरोवर ८०२ किलोमिटर टाढा छ भने काठमाडौँबाट ५०० किलोमिटर टाढा छ ।
चार वेदमध्ये ऋग्वेदमा कैलाश पर्वतबारे चर्चा गरिएको छ । त्यहाँ जुन महिनादेखि सेप्टेम्बरसम्म मात्र जान सकिने गरी तालिका बनाइएको छ ।
कैलाश पर्वतको उचाइ सर्वोच्च शिखर सगरमाथा भन्दा कम छ । सगरमाथाको उचाइ ८,८४८ मिटर रहेको छ भने कैलाश पर्वत करिब दुई हजार मिटर कम छ ।
एजेन्सी
Comments