जागिरेबाट उद्योगी बनेका उमेशलाल श्रेष्ठ

उमेशलाल श्रेष्ठ, निजी क्षेत्रको चर्चित नाम । उद्योग व्यवसायमा रमाइरहेका उनको पारिवारिक पृष्ठभूमी भने राजनीति हो । कम्युनिष्ट आन्दोलन भन्ने वित्तिकै पुष्पलाल र सहानाको नाम जोडिहाल्छ । हो, उनै पुष्पलाल श्रेष्ठ र सहाना प्रधानका छोरा भने अहिले उद्योग व्यवसाय संचालनमा ब्यस्त छन् । नेपालका चर्चित उद्योगी, व्यवसायी मध्येका एक उमेशलाल अहिले क्वेष्ट फर्मास्युटकल्स नामक औषधी उत्पादन गर्ने उद्योग लगायतका व्यवसायहरू सञ्चालन गरिरहेका छन् ।

बिभिन्न देशका राजनितिज्ञहरुको इतिहास हेर्दा प्राय नेताका छोरा नेता बन्न र राजनीतिमै होमिन खोज्छन । अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुसको छोरा जर्ज डब्लू बुस पनि अमेरिकाको राष्ट्रपति नै बनेकाे उदाहरण पनि छन ।

नेपालकै सन्दर्भमा कुरा गर्दा बावु राजनीतिकर्मी छ भने छोरा पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा राजनीतिसँग जोडिएकै हुन्छ । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा सक्रिय विद्यार्थी राजनीति गरिरहेका छन् । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा स्व. प्रकाश पनि बुवाको राजनीतिलाई सघाउने गर्दथे । प्रकाशको निधनपछि दाहालकी बुहारी प्रकाश पत्नी बिना मगर मन्त्री नै बनिन् ।

कोइराला परिवारबाट धेरैजना प्रधानमन्त्री बने । विपी कोइरालाका छोरा सशांक कोइराला अहिले कांग्रेको महामन्त्री छन् । यि त केवल प्रतिनिधि उदाहरणमात्रै हुन् । यस्ता कैयौ उदाहरण छन् जो बावुआमाको पेशालाई प्रत्यक्ष होस वा अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका हुन्छन् । यसको अर्थ सबै नेताका छोराछोरीले राजनीति नै गर्छन भन्ने चाहिँ होइन । यदि कुनै नेताका छोराछोरीहरु राजनीतिमा छैनन भने ति पक्कै कुनै विकसित मुलुकमा अध्ययनका लागि पुगेका हुन्छन् । यो नेपालका लागि खासै नयाँ कुरा भएन । तर यहाँ हामी यस्ता पात्रको बारेमा कुरा गर्न खोज्दैछौं जो देशका चर्चित राजनीतिकर्मी बावुका छोरा र धेरैपटक मन्त्री भएकी आमाका छोरा हुन ।

स्वर्गीय पुष्पलाल श्रेष्ठ नेपालीहरुका लागी नयाँ नाम होइन । नेपालको कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट राजनीतिको सन्दर्भमा कुरा गर्ने वित्तिकै जोकोहीले पनि स्वर्गीय पुष्पलालको नाम सम्मानले लिन्छन । कम्युनिष्ट नेतृ साहना प्रधान पनि नेपालीहरुका लागि चर्चित नाम हो । प्रधान धेरैपटक मन्त्री भइसकेकी व्यक्ति पनि हुन् । यिनै चर्चित र नेपाली राजनीतिका कहिल्यै नअस्ताउने दिंगवत नेताहरुका एकमात्रै छोरा हुन् उमेशलाल श्रेष्ठ । जो ठूलो राजनीति नेताको परिवारमा जन्मिएर पनि राजनीतिमा कहिल्यै लागेनन् । बरु आफ्नो छुट्टै व्यवसाय सञ्चालन गरेर सैयौंलाई प्रत्यक्ष रोजगारी दिनतिर लागे ।

आमाको जागिरका कारण पोखरामा वालापन
काठमाडौंमै जन्मिएका उमेशलालको बालापन भने पोखरामा वित्यो । श्रेष्ठ सानो छदा आमा साहना प्रधान पोखरामा अध्यापन गराउथिन् । त्यसैले उनी सानोमा पोखरा बसे । पोखरामै उनले प्राथमिक तहको शिक्षा अध्ययन गरेका थिए । आमा पोखरामा जागिरे भएका कारण उनले प्राथमिक शिक्षा पोखरामै अध्ययन गरे । कक्षा ३ सम्म पोखरामै पढे । आमाको सरुवा हुँदा प्राथमिक तहकै अध्ययन उनले ३-४ ठाउँमा गर्नु परेको थियो ।

माध्यमिक तथा उच्च माध्यमिक तहको अध्ययन भने उनले काठमाडौंमै गरे । वाल्यअवस्था सामान्य रुपले वितेको उनी वताउछन् । मध्यमवर्गीय भन्दा पनि निम्न वर्गीय परिवारमा जन्मिएर हुर्किएको बताउन रुचाउने उनी बाल्यकाल साह्रै रमाइलो भए पनि स्मरणयोग्य केहि नभएको बताउछन् ।उनले माध्यमिक तहको अध्ययन काठमाडौंको क्षेत्रपाटीमा रहेको जुद्धोदय हाइस्कूलमा गरे ।

चर्चित कम्युनिष्ट नेताका छोरा । त्यसमा पनि उनको आमाले ४-४ पटक मन्त्रालयको बागडोर सम्हाली सकेकी । त्यसबेलादेखि नै उनले सक्रीय राजनीतिमा होएिको भए अहिले ठूलो राज्यको जिम्बेवारी सम्हाले ठाउँमा पक्कै पनि पुग्ने थिए श्रेष्ठ । पारिवारिक उच्च राजनीतिक भए पनि उनले राजनीतिमा प्रवेश गर्ने सोच कहिल्यै राखेनन् ।

मन्त्री भएपछि जनताका धेरै अपेक्षा हुने र त्यो अपेक्षा पुरा गर्न नसक्दा सर्वसाधारणले गाली मात्रै गर्ने भएका कारण पनि उनलाई राजनीतिप्रति चासो लागेन । बरु उद्योगकै श्रेत्रबाट उनले राज्य र नेपाली जनतालाई सहयोग गर्ने याेजना बनाए र त्यसै गरिरहेका छन अहिले । उनी भन्छन्, ‘मन्त्री भए पछि गाली मात्रै खाइन्छ । मन्त्री बन्न लागि पर्ने हो भने अहिले पनि सकिएला । मेरा आमा ४ पटक मन्त्री हुनु भयो तर त्यसले के भयो र । झण्डा फहराएर के होला र ? जस्तो लाग्छ ।’

बुवाआमाले राम्रो मान्छे बन्नु भन्नु भएको र यो नै गर भनेर कहिल्यै नभन्नुभएको स्मरण गर्दै आफूले गरेका काममा सफल हुने सोच रहेको उनी बताउछन् । ‘जे गर्छौ राम्रो काम गर, नराम्रो काम नगर मेरो बावुआमाले भन्नु भएको थियो म वहाँहरुले भने अनुसार नै गर्छु राजनीतिमा आउँदिन’ उनी भन्छन् । अर्कोतर्फ राजनीति गरेरमात्रै नभई व्यवसायबाट समेत मुलुकको आर्थिक अवस्था सुधार गर्न सक्ने उनको विस्वास छ । देशको उत्थान गर्नुछ भने आर्थिक क्रान्ति नै सबैभन्दा ठूला कुरा हो भन्ने उनको मान्यता छ । आर्थिक क्रान्ति बिना मुलुकको समृद्धि सम्भव नरहेको उनी बताउँछन्।

एजेन्सी

Comments

Back to top