सपोर्ट लघुवित्तको नाफा ८० प्रतिशत बढ्यो
चालु आर्थिक वर्ष (२०८१/८२) को दोस्रो त्रैमाससम्म आइपुग्दा सपोर्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७९.३९ प्रतिशतले बढेर १ करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ८६ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
पुससम्म खुद ब्याज आम्दानी २ करोड ९३ लाखबाट बढेर ५ करोड १६ लाख पुगेको छ । यता, प्रोभिजन घटेको छ । जसकारणले नाफामा वृद्धि देखिएको हो ।
त्यस्तै, सञ्चालन नाफा २२४.७५ प्रतिशतले बढेर २ करोड ३३ लाख रुपैयाँमा पुगेको छ । चुक्ता पुँजी १२ करोड २४ लाख रुपैयाँ रहेको सपोर्टको जगेडा कोषमा ५ करोड ४५ लाख जम्मा छ ।
प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ३२ पैसा छ । एनपीएल १.७४ प्रतिशत छ ।
एजेन्सी
Comments