मधुमेह भएकालाई पनि फाइदाजनक फल
अहिलेको खराब जीवनशैली तथा खानपानको कारणले धेरै व्यक्तिहरुलाई मधुमेहको समस्या देखिन थालेको छ । यस्तो अवस्थामा खानपिनमा एकदमै ध्यान दिनुपर्ने हुन्छ । यस्ता फलहरु मधुमेहका लागि एकदमै हितकारी हुन्छन् ।
जामुन
मधुमेहका रोगीहरुका लागि जामुन एकदमै फाइदाजनक हुन्छ । यसमा पाइने फाइबर तथा एन्टीअक्सीडेन्टले रगतमा चिनीको मात्रालाई सन्तुलित गर्ने काम गर्छ ।
आरु
गर्मीमा पाइने आरु फल पनि एकदमै राम्रो हुन्छ । मधुमेहलाई टाढा राख्नका लागि तपाईं नियमित आरुको सेवन गर्न सक्नुहुन्छ ।
एवोकाडो
मधुमेहको समस्याले ग्रस्त व्यक्तिका लागि एवोकाडोको सेवन एकदमै फाइदाजनक हुन्छ । यसलाई तपाईं ढुक्क सँग आफ्नो खानपानमा समावेश गर्न सक्नुहुन्छ ।
किवी
स्वास्थ्यका लागि यो फललाई एकदमै राम्रो मानिएको छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ साथै रगतमा चिनीको मात्रालाई पनि सन्तुलित गर्दछ ।
कागती
यो एउटा सुगर फ्री फल हो । यो मधुमेहका विरामीहरुका लागि एकदमै फाइदाजनक हुन्छ । यसलाई तपाईं खानपानमा समावेश गर्न सक्नुहुन्छ ।
एजेन्सी
Comments