फर्स्ट माइक्रोफाइनान्सको नाफा घटेसँगै खुद नाफा प्रभावित
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३८.४१ प्रतिशतले घटेर ५ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा यसले ८ करोड ४९ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी २७.५६ प्रतिशतले घटेर ११ करोड १४ लाख ३२ हजार रुपैयाँमा सीमित भएको छ । यता, सञ्चालन नाफा पनि ४३.३६ प्रतिशतले घटेर ७ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ ।
चुक्ता पुँजी १ अर्ब ३४ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैया ३३ पैसा छ ।
एजेन्सी
Comments