करको विषयमा ट्रम्पले चीनलाई दिए चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउनेबारे विचार गरिरहेको बताएका छन् ।
आफ्नो दोस्रो कार्यकालको पहिलो दिन नै चिनियाँ आयातबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले यस्तो टिप्पणी गरेका हुन्।
उनले फेब्रुअरी १ देखि यो शुल्कमा विचार गर्न लागिएको बताएका छन् ।
बीबीसीकाअनुसार पत्रकारसँग ट्रम्पले चीनले अमेरिकामा फेटानिलजस्ता औषधि पठाउँदै आएको र यसले सङ्कट निम्त्याएको बताएका छन् ।
उनले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने धम्कीसमेत दिएका छन् ।
एजेन्सी
Comments