नेप्सेमा ५२.३६ अंकको वृद्धि, ९ अर्ब २० करोडको सेयर कारोबार!

बुधबार नेप्से परिसूचक ५२.३६ अंकले बढेर २,६६५.४५ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२२ कम्पनीको कुल १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयरको करिब ९ अर्ब २० करोड ३० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १९६ कम्पनीको सेयर मूल्य बढेको छ, ३७ कम्पनीको मूल्यमा गिरावट छ भने ९ कम्पनीको मूल्य स्थिर रहको छ।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा कर्पोरेट डेभलपमेन्ट बैँक लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.२१% ले घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड ३६ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैँक लिमिटेडको सबैभन्दा धेरै कारोबार भयो।

Comments

Back to top