कति दिन महिनावारी नहुनु सामान्य हो ?

कतिपय महिलालाई महिनाबारी समयभन्दा ढिला हुने गर्छ । जसको कारणले महिलाको मनमा प्रश्न उठ्छ कि महिनावारी ढिला भइरहेको छ यो सामान्य हो वा कुनै विमारी ? आउनुहोस् यसबारेमा विशेषज्ञबाट जानौं–

महिला रोग विशेषज्ञका अनुसार महिनावारी ढिला हुनुका पछाडि केही कारण हुन सक्छन् । जो कतिपय अवस्थामा गम्भीर पनि हुन सक्छन् । लामो समय यस्तो समस्या भइरहेमा डाक्टरको सल्लाह लिनुहोस् ।

महिनावारी एकदमै ढिला हुनु सामान्य होइन । महिनावारी ढिला हुनुको पछाडि कयौं गम्भीर कारण पनि हुन सक्छन् । र कतिपय अवस्थामा भने यो सामान्य पनि हुन सक्छ । यस्तोमा एक वा दुई महिना यस्तो हुँदा डाक्टरको सल्लाह लिनुहोस् । साथमा महिनावारी साइकल ४० दिनसम्म नआउनु भनेको गम्भीर विषय हो ।

कतिपय महिलाको तौल बढ्न थाल्छ । यस्तो स्थितिमा शरीरमा हर्मोन असन्तुलित हुने गर्छ जसले गर्दा महिनावारी ढिला हुन सक्छ । यस्तोमा स्वस्थ खानपान अपनाउनुहोस् ।

महिलामा थाइराइड, रक्तचाप र मधुमेह जस्ता रोगको कारणले पनि हर्मोनल परिवर्तन हुँदा महिनावारी ढिला हुने समस्या हुन सक्छ ।

कतिपय अवस्थामा गर्भनिरोधक औषधिहरुको कारणले पनि महिलामा महिनावारी ढिला हुन्छ । साथमा यस्ता औषधि खान छोडेपछि पनि करीब ६ महिना जति लाग्छ महिनावारी सामान्य अवस्थामा आउन । यस्तोमा गर्भनिरोधक औषधि सीमित मात्रामा खानुहोस् ।

कहिलेकाँही महिलाको तौल कम हुँदै जाँदा पनि महिनावारी सम्बन्धी समस्या देखिन्छ । तौल घट्दा खानपानको असन्तुलन तथा शरीरमा भिटामिनको कमी पनि हुन सक्छ जसले गर्दा महिनावारी समयमा हुँदैन । यस्तोमा स्वस्थ खानपान अपनाउनुहोस् ।

भागदौडपूर्ण जीवनशैलीले धेरै महिला अहिले चिन्तामा हुन्छन् जसले गर्दा तनाव लिने गर्छन् । यस्तोमा तनावको असर महिलाको महिनावारी साइकलमा पर्दछ । जसले गर्दा महिनावारी नहुने ढिला हुने जस्तो समस्या देखिन्छ ।

एजेन्सी

Comments

Back to top