सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ९६.१० प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ह्वात्तै बढेको छ । यसअवधिमा खुद नाफा ९६.१० प्रतिशतले बढेर १९ करोड ६५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा बैंकले १० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
१ वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २.९७ प्रतिशतले घटेर ९१ करोड ९२ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसले ९४ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, बैंकको सञ्चालन नाफा भने ९५ प्रतिशतले बढेर २८ करोड ३२ लाख रुपैयाँ कायम भएको छ।
बैंकको खराब कर्जा भने ०.१० प्रतिशत विन्दुले बढेर ४.९९ प्रतिशत कायम भएको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।
प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६२ पैसाले बढेर ११ रुपैयाँ ४६ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १५०.७१ रुपैयाँ छ ।
पुस मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी ३ अर्ब ४३ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा १ अर्ब ४८ करोड रुपैयाँ छ । यसको वितरणयोग्य नाफा भने २५ करोड २५ लाख रुपैयाँ रहेको छ ।
एजेन्सी
Comments