रातमा ढिलासम्म पढ्नुका फाइदा
प्रायः हामीले सानैदेखि सुनेर आएको हो बिहान चाँडै उठेर पढ्दा धेरै फाइदा हुन्छ । तर, कयौं विद्यार्थी यस्ता हुन्छन् जसलाई रातमा पढ्ने बानी हुन्छ ।
के तपाईंलाई थाहा छ ? रातमा पढ्नुका पनि धेरै फाइदा छन्।
- रातको समयमा पढ्नुको सबैभन्दा ठूलो फाइदा भनेको तपाईंसँग एकाग्रता रहन्छ । यो समयमा कसैले पनि तपाईंलाई डिस्टर्ब गर्दैन ।
- रातको समयमा एकदमै धेरै शान्त वातावरण हुन्छ । जसका कारण रातको समयमा पढ्दा एकदमै गहिराईसँग विषयलाई सम्झन सकिन्छ ।
- रातको समयमा अन्य कुनै पनि काम हुँदैन त्यसैले तपाईं कुनै पनि रोकावट नभइकन पढ्न पाउनुहुन्छ । लामो समय पनि पढाई गर्न सक्नुहुन्छ ।
- रातको समयमा फोन तथा सामाजिक सन्जालले पनि डिस्टर्ब गर्दैन । जसले गर्दा तपाईं एकाग्रतासँग पढ्न सक्नुहुन्छ ।
- रातमा ढिलासम्म पढ्नाले तपाईं विषयलाई रचनात्मक तरिकाले सोंच्न सक्नुहुन्छ । रातमा तपाईंको समस्यालाई सुल्झाउने सीप पनि राम्रो हुन्छ ।
- रातको समयमा शान्तिपूर्ण वातावरणमा तपाईंले आफ्नो लक्ष्यको बारेमा पनि विचार गर्न सक्नुहुन्छ । जसका लागि आफ्नो योजना तथा पढाईंलाई त्यतातिर ध्यान केन्द्रित गराउन सकिन्छ ।
एजेन्सी
Comments