ट्रम्पले लिए शपथ, मेक्सिको सीमामा सङ्कटकाल, लाखौं आप्रवासी निकाल्ने घोषणा
डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा शपथ लिएका छन् ।
यूएस कैपिटलभित्र आयोजित कार्यक्रममा ट्रम्पले उपराष्ट्रपति जेडी भान्ससँगै शपथ लिए ।
शपथ लिएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले अमेरिकाको स्वर्ण युग सुरु भएको दाबी समेत गरेका छन् ।
उनले अमेरिकालाई फेरि महान बनाउने भन्दै त्यसकै लागि आफू हत्या प्रयासबाट पनि जीवित रहेको समेत बताए ।
अमेरिकाको शिक्षा र स्वास्थ्य प्रणाली धेरै खराब रहेको भन्दै उनले त्यसमा आमूल परिवर्तन गर्ने उद्घोष समेत गरे ।
उनले अपराधीलाई आप्रवासीका रूपमा बस्न दिएको भन्दै बाइडन प्रशासनको आलोचना समेत गरे ।
ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा तत्कालै सङ्कटकाल घोषणा गर्ने जानकारी दिए । उनले लाखौं आप्रवासीलाई देशबाट निकाल्ने योजना समेत सुनाएका छन् ।
ट्रम्पले भने, ‘लाखौं विदेशी अपराधीहरूलाई उनीहरूकै घर पठाउने प्रक्रिया सुरू गरिनेछ । सीमा क्षेत्रमा थप सैनिक र जनशक्ति परिचालन गरिनेछ ।’
एजेन्सी
Comments