नेप्सेमा ६.७८ अंकको वृद्धि, ६ अर्ब ५७ करोडको सेयर कारोबार!

सोमबार नेप्से परिसूचक ६.७८ अंकले बढेर २,६०७.९९ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३११ कम्पनीको कुल १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयरको करिब ६ अर्ब ५७ करोड ४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ११८ कम्पनीको सेयर मूल्य बढेको छ, ११७ कम्पनीको मूल्यमा गिरावट छ भने ८ कम्पनीको मूल्य स्थिर रहको छ।

यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.०५ प्रतिशतले बढेको छ। टप लुजरमा सुपर मादी हाइड्रोपावर लिमिटेड र वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा रिभर फल्स पावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड १ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हिमलयन पावर पार्टनर लिमिटेडको सबैभन्दा धेरै कारोबार भयो।

Comments

Back to top