नेप्से इन्ट्राडे अपडेट: १०.२९ अंकको वृद्धि!
सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक १०.२९ अंकले बढेको छ।
दुई घण्टामा नेप्से १०.२९ अङ्कले बढेर २,६११.५० मा आएको हो। ३०० कम्पनीको ६,१७४,८२३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३ अर्ब ७ करोड ९१ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा हिमालयन पावर पार्टनर लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ७.९८% वृद्धि भएको छ भने टप लुजरमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments