हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने घोषणा
हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । माघ ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।
बोनस सेयरमा लाग्ने कर भने लगानीकर्ताले स्वयमले भुक्तानी गर्नुपर्ने कम्पनीले बताएको छ । कम्पनीको यो प्रस्ताव नेपाल बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
Comments