अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण गर्दै, ट्रम्पको आश्वासनपछि टिकटक पुनः सञ्चालन

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्दै छन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले पदभार ग्रहण गर्न लागेका हुन् ।

अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहेका थिए । उनी २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा भएका थिए ।

यसैबीच ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि झण्डै १२ घण्टा आफ्नो सेवा बन्द गरेको टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः शुरु गरेको बीबीसीले जनाएको छ ।

एपमाथि प्रतिबन्ध लाग्नुभन्दा केही घण्टाअघि अस्ति शनिवार रातिदेखि एपले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो ।

एजेन्सी

Comments

Back to top