युद्धविराम सुरु भएसँगै नेतान्याहु समस्यामा, राष्ट्रिय सुरक्षामन्त्रीले दिए राजीनामा
गाजा क्षेत्रमा युद्धविराम सुरु भएसँगै इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतमार बेन-ग्विरले राजीनामा दिएका छन् ।
बीबीसीकाअनुसार उनको दक्षिणपन्थी यहुदी शक्ति पार्टीले युद्धविराम सम्झौताको विरोधमा इजरायली सरकार छोड्ने घोषणा गरेको छ ।
यससँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संसदीय बहुमतले पनि साथ छोडेको छ ।
इतमार बेन-ग्विर लामो समयदेखि युद्धविराम सम्झौताको मुखर विपक्षी थिए । र इजरायललाई गाजामा हमास विरुद्धको सैन्य कारबाही जारी राख्न दबाब दिइरहेका थिए ।
नेतान्याहुलाई आफ्नो राजीनामाको घोषणा गर्न पत्र लेख्दै उनले भने, ”सरकारलाई हटाउन काम गर्दैनौँ, तर युद्धविराम सम्झौता आतंकवादको लागि पूर्ण विजय हो ।”
एजेन्सी
Comments