नेप्सेमा १२.५८ अंकको वृद्धि, ६ अर्ब २५ करोडको सेयर कारोबार!

आइतबार नेप्से परिसूचक १२.५८ अंकले बढेर २,६०१.२१ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२५ कम्पनीको कुल १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयरको करिब ६ अर्ब २५ करोड ७२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १७१ कम्पनीको सेयर मूल्य बढेको छ, ६८ कम्पनीको मूल्यमा गिरावट छ भने ४ कम्पनीको मूल्य स्थिर रहको छ।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

पमुख कारोबार

यस दिन टप गेनरमा बोट्लर्स नेपाल (बालाजु) लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा सुपर मादी हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ८५ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा कुमारी बैँक लिमिटेडको प्रोमोटर सेयरको सबैभन्दा धेरै कारोबार भयो।

Comments

Back to top