इरानको सर्वोच्च अदालतमा गोली हानाहान, २ न्यायाधीशको हत्या
इरानको राजधानी तेहरानस्थित सर्वोच्च अदालतमा शनिबार एक व्यक्तिले गोली चलाएका छन् ।
सो घटनामा दुई न्यायाधीशको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मारिनेमा न्यायाधीशहरू अली रजिनी र मोगिसेह इरानी छन् ।
सर्वोच्च अदालतका प्रवक्ता असगर जहाँगीरले कोठाभित्र पसेर न्यायाधीशहरुको हत्या गरिएको बताएका छन् ।
दुवै न्यायाधीशले राष्ट्रिय सुरक्षा, आतङ्कवाद र जासुसीसम्बन्धी मुद्दाहरूको सुनुवाइ गरिरहेका थिए । दुवैलाई गोली हानेपछि आक्रमणकारीले आत्महत्या पनि गरेको बताइएको छ ।
घटनामा अर्का न्यायाधीश र एक अंगरक्षक पनि घाइते भएका छन् ।
रिपोर्टकाअनुसार आक्रमण स्थानीय समयअनुसार बिहान १०:४५ बजेको हो ।
इरान इन्टरनेशनलकाअनुसार अदालतबाट धेरै जनालाई पक्राउ गरिएको छ । आक्रमणको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।
सन् १९८८ मा न्यायाधीश रजनीको हत्याको प्रयास भएको थियो । सो क्रममा उनको गाडीमा चुम्बकीय बम राखिएको थियो ।
एजेन्सी
Comments