आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा माघ १४ गते
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ १४ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यसपटक सेयरधनीलाई लाभांश भने नदिने भएको छ । यसर्थ, यसपटक पनि कम्पनीका सेयरधनीको हात खाली हुनेछ । साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ १ गतेसम्म कायम रहेका सेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभा, बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान १० बजे सुरु हुनेछ ।
एजेन्सी
Comments