बजारमा आयो ‘भाइब्स बासबड्स ३११’ र ‘भाइब्स बासबड्स ५११’ इयरबड्स

नेपाली लाइफस्टाइल ब्रान्ड भाइब्सले स्थानीय बजारमा विभिन्न उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा भाइब्स बासबड्स ३११ र भाइब्स बासबड्स ५११ सार्वजनिक गरेको हो ।

यी अत्याधुनिक प्रविधि, इमर्सिभ ध्वनि र अतुलनीय मूल्यहरू संयोजन गर्ने उत्कृष्ट इयरबडहरू भएको कम्पनीले जनाएको छ । नेपाली उपभोक्ताहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका यी इयरबडहरूले नेपाली अडियो टेक्नोलोजीमा नयाँ क्रान्ति ल्याएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार भाइब्स बासबड्स ३११ र ५११ ले सङ्गीत प्रेमीहरू, गेमरहरू र व्यस्त व्यक्तिहरूलाई लक्षित गरिएको छ । १३ मिलिमिटरको हाइब्रिड ड्राइभरहरू रहेको यसका उत्पादनमा ब्यास बुस्टसहित नेपाली गीतहरू, पोडकास्ट, वा गेम खेल्दा, शक्तिशाली बास र क्रिस्टल क्लियर ध्वनि अनुभव लिन सकिनेछ ।

ब्लुटुथ भी ५.४ प्रविधि भएकाले यसले १० मिटरको दायराभित्र स्थिर अडियो दिन्छ । पर्यावरणीय आवाज हटाउने प्रविधि (ईएनसी) भएकाले यसले चर्को आवाजलाई बन्द गर्दै महत्त्वपूर्ण फोनकल वा प्ले लिस्टमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ ।

डुअल माइक सेटअप रहेको यसका उत्पादन उत्कृष्ट आवाज स्पष्टताको लागि, विद्यार्थी र प्रोफेसनलहरूका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ । ब्यासबड्स ३११ ले २० घण्टा र ५११ ले २२ घण्टा प्ले टाइमको ब्याट्री ग्यारेन्टी गरेको छ ।

उच्च–गुणस्तरको प्रविधि किफायती मूल्यमा उपलब्ध गराउन भाइब्स प्रतिबद्ध रहेको भाइब्सले जनाएको छ । भाइब्स बासबड्स ३११ को अधिकतम खुद्रा मूल्य १ हजार ५९९ रुपैयाँ, लन्च मूल्य १ हजार २९९ रुपैयाँ र भाइब्स बासबड्स ५११ को अधिकतम खुद्रा मूल्य १ हजार ५९९ रुपैयाँ र लन्च मूल्य १ हजार २९९ रुपैयाँ रहेको छ ।

एजेन्सी

Comments

Back to top