लेबनानमा इजरायली सैन्य कारबाही रोक्न राष्ट्र संघका प्रमुख गुटेरेसको आह्वान
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार लेबनानमा इजरायली सैन्य अभियान रोक्न आह्वान गरेका छन् ।
दक्षिणी लेबनानमा रहेको संयुक्त राष्ट्र सङ्घको अन्तरिम बल (युनिफिल) को मुख्यालयमा शान्ति सैनिकहरूलाई सम्बोधन गर्दै गुटेरेसले भने,“इजरायलको रक्षा बलद्वारा युनिफिल क्षेत्रभित्रको निरन्तर कब्जा र लेबनानी क्षेत्रमा सैन्य कारबाही चलाउनु उल्लङ्घन हो । यो सुरक्षा को लागी एक निरन्तर खतरा हो । उनीहरू रोकिनुपर्छ ।”
गुटेरेसले हिजबुल्लाह–इजरायल द्वन्द्वको समयमा शान्ति सैनिकहरू विरुद्ध आक्रमणको पनि आलोचना गरे । सबै पक्षहरूले संयुक्त राष्ट्रका कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने आश्वासन दिए ।
उनले थपे, “संयुक्त राष्ट्र शान्ति सैनिकहरू विरुद्ध आक्रमणहरू पूर्णतया अस्वीकार्य छन् ।”
संयुक्त राष्ट्रसंघ प्रमुखले युनिफिलले १०० भन्दा बढी हतियार भण्डार पत्ता लगाएको बताए । लेबनानी सेनाको पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्र सङ्घले सम्बन्धित देशहरूसँग मिलेर काम गरिरहने वाचा गरे ।
गुटेरेस औपचारिक भ्रमणमा बिहीबार बेरुत गएका हुन् ।
एजेन्सी
Comments