गाजा युद्धविराम सम्झौता इजरायलको मन्त्रिपरिषद्बाट पारित गर्नमा ढिलाइ
इजरायलले गाजा युद्धविराम सम्झौता मन्त्रिपरिषद्बाट पारित गर्नमा ढिलाइ गरको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग भएको युद्धविराम सम्झौतालाई अनुमोदन गर्ने भनिएको बिहीबारको मन्त्रिपरिषद्को मतदान स्थगित गरेसँगै ढिलाइ भएको हो ।
नेतान्याहुले हमासले अन्तिम मिनेटमा सम्झौतामा परिवर्तनको माग गरेको आरोप लगाएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने आइतबारदेखि युद्धविराम सुरु हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
‘सबै परिघटना ठीक ढंगले चलिरहेका छन् र योजनाअनुसार आइतबारदेखि युद्धविराम सुरु हुनेमा म विश्वस्त छु,’ उनले भने ।
इजरायली प्रतिनिधिमण्डलले सम्झौतामा सहमति जनाएपछि पनि सुरक्षा मन्त्रिपरिषद् र सरकारको स्वीकृतिबिना सम्झौता कार्यान्वयन हुन सक्दैन ।
हमासले यो सम्झौताप्रति प्रतिबद्ध रहेको बताएको छ । तर हमासले आफ्ना केही सदस्यको नाम सम्झौताअन्तर्गत रिहा हुने प्यालेस्टिनी कैदीहरूको सूचीमा थप्ने प्रयास गरिरहेको बीबीसीको समाचारमा उल्लेख छ ।
एजेन्सी
Comments