मर्क्योरले खोल्यो नेपालमा आफ्नो पहिलो होटल
मर्क्योरले नेपालमा पहिलो होटल मर्क्योर काठमाडौं सुकेधारा हाइट्स उद्घाटन गरेको छ।
काठमाडौंको सुकेधारामा अवस्थित नयाँ होटलले मौलिकता सहित यात्रुहरूलाई न्यानो र आत्मीय बसाइ प्रदान गर्ने होटलको दाबी छ।
मर्क्योर होटलका हरेक कोठामा काठमाडौंको भावना भरिएको र पाहुनाहरूले अत्याधुनिक सुविधा, प्राकृतिक प्रकाश र फराकिलो दृश्यावलीसहित सहरवरपरका डाँडाकाँडा र शानदार हिमालहरुका मनोरम दृश्यहरू देख्नेछन्।
परम्परागत नेपाली सजावटसँग आधुनिक डिजाइन मिसिएको भित्री भागहरुले यस ठाउँको समृद्ध सम्पदा झल्काउने आत्मीय वातावरण सिर्जना गरेको छ।
होटलको अर्को आकर्षण भनेको विविधतायुक्त पकवानहरुको अनुभव पनि हो। दिनभरि चल्ने भोजन रेस्टुरेन्ट (डीवाईएनई) डाइनले अन्तर्राष्ट्रिय क्लासिक्सदेखि प्रामाणिक स्थानीय स्वादसम्मको मेनु प्रदान गर्दछ।
सोप्रा इटालियनले अथेन्टिक इटालियन खाना प्रदान गर्दछ भने जाइकाले परम्परागत भारतीय खाना र यसका मसलाहरुको बास्ना प्रदान गर्दछ। थप आरामदायी वातावरण खोज्नेहरुका लागि शुक्र बारले भित्री र बाहिरी दुवै सिटहरु भएको रुफटप लाउन्ज सेटिंग प्रदान गर्दछ।
पाहुनाहरुले होटलको रुफटप इन्फिनिटी पुलमा काठमाडौं उपत्यकाका दृश्यहरू हेर्दै आराम गर्न सक्नेछन् भने स्टिम र साउना सुविधा सहितको अत्याधुनिक फिटनेस सेन्टरमा आफूलाई रिचार्ज गर्न पनि सक्नेछन्। आफ्नो बसाइको समयमा पाहुनाहरुले यी सुविधाहरू लिन सक्छन्।
मर्क्योर होटलले विवाहदेखि कर्पोरेट बैठक र सामाजिक उत्सवहरुसम्मका कार्यक्रम र जमघटहरुको लागि उपयुक्त स्थान पनि प्रदान गर्दछ। समर्पित कार्यक्रम टोलीले एक निर्वाध र यादगार अनुभव प्रदान गर्दै प्रत्येक अवसरलाई पूर्ण बनाउने छन्।
‘मर्क्योर होटलले प्रत्येक स्थानको सम्पदा प्रवर्द्धन गर्ने लक्ष्यलाई मूर्त रुप दिएको छ’ एकोरका प्रिमियम, मिडस्केल र इकोनोमी डिभिजन, एसियाका चिफ अपरेटिङ अफिसर गार्थ सिमन्सले भने, ‘मर्क्योरसँग सहकार्य गरी यो सम्मानित ब्रान्डलाई नेपालमा ल्याउन पाउँदा हामी गौरवान्भित र्छौं।’
द मेट्रोपोलिटन होटल प्रालिका अध्यक्ष देश बन्धु बस्नेत (अजित)ले नेपालको जीवन्त संस्कृति र परम्परालाई अँगाल्दै असाधारण आतिथ्य प्रदान गर्ने हाम्रो साझा दृष्टिकोण अनुसार यो साझेदारी गरिएको बताए।
सन् १९७३ मा स्थापना भएदेखि मर्क्योर पाहुनाहरूका लागि एक इमर्सिभ अनुभव सिर्जना गर्दै प्रत्येक गन्तव्यका सम्पदाहरु प्रबर्द्धन गर्न समर्पित छ। ६० भन्दा बढी देशहरुमा एक हजार भन्दा बढी होटलहरूको विश्वव्यापी पोर्टफोलियो भएको र २२० भन्दा बढी अन्य संरचना विकास गर्दै गरेको मर्क्योर प्रत्येक गन्तव्यका मौलिकता प्रबर्द्धन गरिरहेको होटलको दाबी छ।
एजेन्सी
Comments