भीम रावलले टुंग्याए नयाँ पार्टीको नाम

नेकपा एमालेबाट निष्कासित भएका नेता डा भीम रावलले आफ्नो पार्टीको नाम टुंग्याएका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत पार्टीको नाम र अवधारणापत्र सार्वजनिक गरेका छन् ।

सार्वजनिक अवधारणापत्र अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहेको रावलको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ ।

सार्वजनिक भएको अवधारणापत्रअनुसार वडा, पाकिला, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गरिने छ । जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी उनले दिएका छन् ।

आफूले बनाउन लागेको पार्टी गैरकम्युनिस्ट हुने रावलले बताएका छन् । पाँच दशकभन्दा बढी समय कम्युनिस्ट राजनीति गरेका रावल अहिले आफ्नै पार्टी बनाउँदा भने गैरकम्युनिस्ट बनाउन कस्सिएका हुन् ।

एमालले पूर्वउपाध्यक्ष रावललाई गत पुस १० गते पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि उनले विभिन्न व्यक्ति र संगठनसँगको भेटघाटमा तीव्रता दिँदै आएका थिए ।

एजेन्सी

Comments

Back to top