इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति

इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सहमति भएको छ ।

इजरायल र हमासबीचको यो सम्झौता कतारमा टुंगिएको बीबीसीको समाचारमा उल्लेख छ ।

हमासले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको जानकारी हमासका एक अधिकारीले कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई दिएका छन् ।

गाजामा हमास र इजरायलबीच ७ अक्टोबर २०२३ देखि युद्ध चलिरहेको थियो ।

हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेर २५१ जनालाई बन्धक बनाएको थियो । हमाससँग हाल ९४ इजरायली बन्धक रहेको बताइएको छ ।

यद्यपि, इजरायलले यी बन्धकमध्ये ६० जना मात्र जीवित रहेको विश्वास गरेको छ । जवाफमा इजरायलले गाजामा हमासविरुद्ध सैन्य आक्रमण सुरु गरेको थियो ।

गाजास्थित हमासकाे स्वास्थ्य मन्त्रालयका अनुसार यी आक्रमणमा ४६ हजार ५०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

एजेन्सी

Comments

Back to top