युनाइटेड अजोड इन्स्योरेन्सको बिक्रीमा राखेको संस्थापक शेयर भर्ने आज अन्तिम दिन
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बिक्रीमा राखेको संस्थापक शेयर भर्ने आज (माघ २ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले मंसिर २७ गतेदेखि संस्थापक समूहको कुल ९२ हजार ३२० कित्ता शेयर बिक्रीका लागि राखेको हो ।
प्रतिकित्ता न्यूनतम मूल्य १५९ रुपियाँ निर्धारण गरिएको यो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
शेयर खरिद गर्न इच्छुक शेयरधनीले आजसम्म गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ । शेयर खरिद गर्दा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
गोप्य शिलबन्दी कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिट लिमिटेड लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी दिनुपर्नेछ ।
तोकिएको समयमा विद्यमान शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
एजेन्सी
Comments