सवारी दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते
सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा सवारी दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीशसहित दुईजना घाइते भएका छन् ।
घाइते हुनेमा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी र उनीसँगै कारमा सवार मोरङको विराटनगर–४ का ७६ वर्षीय कृष्ण खनाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।
घाइते न्यायाधीश रेग्मीको कान, हात, खुट्टा र मुखमा चोट लागेको प्रहरीले जनाएको छ । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बीएबी ७१४६ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका दुवैको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
एजेन्सी
Comments