नेप्सेमा १८.१४ अंकको गिरावट, ७ अर्ब ३० करोडको सेयर कारोबार!

बिहिबार नेप्से परिसूचक १८.१४ अंकले घटेर २,६३५.०९ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०८ कम्पनीको कुल १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयरको करिब ७ अर्ब ३० करोड ५३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ५५ कम्पनीको सेयर मूल्य बढेको छ, १८० कम्पनीको मूल्यमा गिरावट छ भने ७ कम्पनीको मूल्य स्थिर रहको छ।

यस दिन कारोबार भएका १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा सप्तकोशी डेभलपमेन्ट बैँक लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.२३% ले घटेको छ। कारोबार रकमका आधारमा सुपर मादी हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४४ करोड ८८ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सिनर्जी पावर डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भयो।

Comments

Back to top