सर्वोत्तम सिमेन्टको भोलि पुस २६ गते साधारण सभा
सर्वोत्तम सिमेन्ट कम्पनीले भोलि शुक्रबार पुस २६ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरि १० प्रतिशत लाभांश दिंदैछ । यो प्रस्ताव भोलि शुक्रबार साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।
लाभांश वितरण सहितका एजेन्डाहरु पारित गर्न साधारण सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।
एजेन्सी
Comments