जस्मिन पेन्ट्सले ५ करोडको आईपीओ निष्काशन गर्ने
जस्मिन पेन्ट्स लिमिटेडले रु.५ करोड रुपियाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । यसैक्रममा प्रतिशेयर अंकित मूल्य रु. १००/( दरका ५,००,००० कित्ताले हुन आउने रकम रु. ५,००,००,०००/–(अक्षरुपी पाँच करोड मात्र) बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।
उक्त सम्झौतामा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।
जस्मिन पेन्ट्स लिमिटेड मनकामना समूह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो, जसले विगत ३० वर्षदेखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गर्दै आएको छ ।
एजेन्सी
Comments