ङादी ग्रुप पावरको हकप्रदमा आजदेखि आवेदन खुला
ङादी ग्रुप पावर लिमिटेडको हकप्रदमा आज (पुस २३) गतेदेखि आवेदन दिन सकिने भएको छ ।
कम्पनीले चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीका अनुसार आवेदन माघ १४ गतेसम्म दिन पाइनेछ ।
हकप्रद शेयर निष्कासनार्थ कम्पनीले मंसिर १८ गते बुक क्लोज गरिसकेको छ । मंसिर १७ गतेसम्म कायम शेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद निष्कासक तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
हकप्रद निष्कासनपश्चात् र बाडँफाँटपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपियाँ पुग्नेछ ।
एजेन्सी
Comments