भारतको छत्तीसगढमा संदिग्ध माओवादीको आक्रमणमा ९ सुरक्षाकर्मीको मृत्यु
भारतको छत्तीसगढमा संदिग्ध माओवादीको आक्रमणमा परी नौ सुरक्षाकर्मीको मृत्यु भएको छ ।
प्रहरीकाअनुसार यो आक्रमण राज्यको विजापुरस्थित कुत्रु बेन्द्रे सडकमा आईईडी विस्फोटबाट गरिएको हो ।
बस्तरका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीले भने, ‘दन्तेवाडा, नारायणपुर, बस्तर र बिजापुरबाट विशेष कार्य बल र सीआरपीएफको टोली माओवादी अपरेशनबाट फर्किंदै गर्दा आक्रमण भएको हो ।’
प्रहरीका अनुसार सोमबार दिउँसो सिपाहीको टोली कुत्रु थानाको अम्बेली गाउँ नजिकैबाट जाँदै गर्दा गाडीमा बम विस्फोट भएको थियो ।
विस्फोट यति शक्तिशाली थियो कि जिल्ला रिजर्भ गार्डका ८ जवान र एक चालकको घटनास्थलमै मृत्यु भएको थियो ।
केही जवान गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो पछिल्लो समय प्रहरीमाथि भएको सबैभन्दा ठूलो आक्रमण हो । माओवादीले यो हमला कसरी गराएका हुन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन । तर, यो घटनाले सुरक्षाकर्मीको चिन्ता बढाएको छ ।
एजेन्सी
Comments