पोलीयो ग्रस्त विल्माको सफलताको कथा
विल्मा रुडोल्फ अमेरिकाको टेनेसी रज्यको एउटा गरिव परिवारमा जन्मिएकी थिइन । चार बर्षको छदा उनलाई डवल निमोनियाँ र कालाज्वारले ग्रस्त पार्यो । उनी पोलीयो ग्रस्त भइन र असहाय बन्न पुगिन । उनले हिडडुल गर्न ब्रेसको सहायता लिन पर्ने भने ।
डाक्टरले उनलाई आफ्नो खुट्टाले कहिल्यौं हिडडुल गर्न नसक्ने बताए । तर आमाले उनलाई हौसला दिइरहिन । ‘भगवानले दिएको शक्तिले तिमीले आफूले चाहेको कुरा गर्न सक्छों ।’ आमाले उनलाई बारम्बार सम्झाइरहन्थिन् । विल्मा भन्थिन्, ‘म संसारकै तेज गतिमा दाैड्ने खेलाडी बन्न चहान्छु।’
नौं बर्षको उमेरमा डाक्टरको सल्लाह विपरित उनले ब्रेसको प्रयोग गर्न छोडिदिइन र आफ्नो खुट्टाले हिँडडुल गर्न थालिन्। १३ बर्षको उमेरमा उनले पहिलो पटक दाैड प्रतियोगितामा भाग लिइन् । त्यसदिन उनी अन्तिम भइन् । हारका बाबजुत पनि उनले प्रतियोगितामा भाग तिन छोडिनन् । उनी विस्तारै तेश्रो, चौथो स्थान आउन थालिन र एक दिन प्रथम स्थानमा आउन सफल भइन् ।
१५ बर्षको उमेरमा विल्मा टेनेसी स्टेट विश्वविद्यालयमा भर्ना भइन् । त्यहाँ उनले दाैड प्रशिक्षक एड टेम्पलाई भेटिन् । उनले टेम्पलाई भनिन्, ‘म संसारको तेज गतिमा दाैड्ने महिला हुन चाहान्छु ।’ प्रतिउत्तरमा टेम्पले भने, ‘यदि तिम्रो दाैड जित्ने तिब्र इच्छा छ भने कसैलेपनि तिमीलाई रोक्न सक्दैन । म पनि तिमीलाई सहयोग गर्न सक्छु ।’
उनी उत्कृष्ट खेलाडीहरु सहभागी भएका ओलम्पिक प्रतियोगितमा सहभागी भइन् । त्यहाँ उनले जुट्टा हेइनीलाई नियालिन जुट्टा त्यतिन्जेल सम्मको अपराजित खेलाडी थिइन् । प्रतियोगिताको पहिलो खेल १०० मिटरको थियो । विल्माले जुट्टा हेइनीलाई पराजित गरेर पहिलो स्वर्णपदक जितिन् । दोश्रो खेल २०० मिटरको दाैड थियो । विल्माले दोश्रो खेल पनि जितिन् । तेश्रो खेल ४ सय मिटर रिले दाैड थियो । विल्मा फेरी एक पटक जुट्टा हेइनीसँग प्रतियोगिता गरिरहेकी थिइन्।
रिले दाैडमा छिटो दाैड्ने खेलाडीलाई प्राय पछिल्लो पालोमा राखिन्छ । तीन जनाले सहजतापूर्वक आफ्नो पालो पुरा गरे । आफ्नो साथीबाट प्याटल लिएर विल्मा दाैड्ने सुरमा थिइन, उनको प्याटल भुइँमा खस्यो । उनले जुट्टा हेइनीलाई हेरिन, उनी पनि प्याटल लिएर दाैड्न तयार थिइन् । विल्माले हत्तपत्त प्याटल टिपेर हातमा लिइन् र मेसिननै होकी जस्तो गरी दाैडिन थालिन् । उनले तेश्रो पटक पनि स्वर्णपदक नै जितिन्।
यो कुरा अहिले इतिहास भइसक्यो, सन १९६० को ओलम्पिकमा प्यारालाइसिस भएकी महिला तेज गतिमा दाैड्न सक्षम भएकी थिइन ।
एजेन्सी
Comments