श्रीलङ्काको आन्तरिक राजस्व कार्यालय इतिहासमै सबैभन्दा बढी कर सङ्कलन गर्न सफल
सन् २०२४ मा इतिहासमै सबैभन्दा बढी कर राजस्व सङ्कलन गर्न सफल भएको श्रीलङ्काको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
सरकारका कार्यक्रम र प्रगतिबारे जानकारी गराउन गरिने नियमित पत्रकार सम्मेलनका क्रममा विभागका आन्तरिक राजस्व आयुक्त सेपालिका चन्द्रशेखरले इतिहासमै सबैभन्दा बढी कर राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिएका हुन् ।
कर तथा राजश्व कार्यालयले सन् २०२४ मा कुल एक हजार ९५८ अर्ब भारु (करिब ६.७ अर्ब अमेरिकी डलर) कर राजस्व आर्जन गर्न सफल भएको छ । यो सन् २०२३ को तुलनामा कुल कर राजस्वमा तीन खर्ब ९२ अर्ब रुपैयाँ (करिब १ अर्ब ३३ करोड डलर) को वृद्धि भएको समाचारमा उल्लेख छ ।
एजेन्सी
Comments