नेप्सेमा ५.३२ अंकको वृद्धि, ४ अर्ब ८६ करोडको सेयर कारोबार!

आइतबार नेप्से परिसूचक ५.३२ अंकले बढेर २,५९१.५६ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२७ कम्पनीको कुल ९३ लाख ८६ हजार ७२१ कित्ता सेयरको करिब ४ अर्ब ८६ करोड २ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १४१ कम्पनीको सेयर मूल्य बढेको छ, ९४ कम्पनीको मूल्यमा गिरावट छ भने ८ कम्पनीको मूल्य स्थिर रहको छ।

यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

 

 

यस दिन टप गेनरमा उपकार लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड र ग्रीन भेन्चरस् लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा नारायणी डेभलपमेन्ट बैँक लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.८८% ले घटेको छ। कारोबार रकमका आधारमा जानकी फाइनान्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ९ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा प्रभु बैँक लिमिटेडको सबैभन्दा धेरै कारोबार भयो।

 

Comments

Back to top