सानिमा बैंकको कार्डबाट बिग मार्टमा भुक्तानी गर्दा दश प्रतिशत क्यासब्याक
सानिमा बैंकले डिजिटल भुक्तानीलाई बढावा दिन बिग मार्टसँग क्यासब्याक सम्बन्धी सम्झौता गरेको छ ।
बिग मार्टमा सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक मिल्ने भएको हो ।
बिग मार्टका काठमाडौं उपत्यकाका ९८ सहित देशभरका १०७ आउटलेटमा यो अफर लागु हुनेछ । बैंकले हरेक भुक्तानीमा दश प्रतिशत क्यासब्याक मिल्ने बताएको छ ।
देशभर १३४ कार्यालय र १२५ एटीएसबाट सेवा दिइरहेको बैंकले अस्पताल, सपिङदेखि होटेलहरुमा कार्ड तथा अनलाइन भुक्तानीमा अफर दिइरहेको बताएको छ ।
एजेन्सी
Comments