नेप्सेमा ४.६३ अंकको वृद्धि, ४ अर्ब ६० करोडको सेयर कारोबार!

बिहिबार नेप्से परिसूचक ४.६३ अंकले बढेर २,५८६.२३ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१५ कम्पनीको कुल १ करोड ८६ हजार ७०५ कित्ता सेयरको करिब ४ अर्ब ६० करोड ३२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १५६ कम्पनीको सेयर मूल्य बढेको छ, ७७ कम्पनीको मूल्यमा गिरावट छ भने ११ कम्पनीको मूल्य स्थिर रहको छ।

यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा ङादी हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा प्रभु महालक्ष्मी लाइफइन्स्योरेन्स लिमिटेड प्रोमोटर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोड १७ लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top