जनकपुरधामको परिक्रमा सडकभित्र मासु र जाँड–रक्सी बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मासु र जाँड–रक्सीको उत्पादन, बिक्री तथा उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

मुख्यमन्त्री सिंहले आज जनकपुरधाममा सञ्चारकर्मीसँगको भेटमा जनकपुरधामको धार्मिक, सांस्कृतिक परम्परा र गरिमालाई अक्षुण्ण राख्न मासु र जाँड–रक्सीको उत्पादन, बिक्री तथा उपभोग नगर्न जनकपुरवासीलाई आह्वान गरे ।

जनकपुरधामवासीलाई परिक्रमा सडकभित्र निषेधित व्यवहार नगर्न अनुरोध गर्दै मुख्यमन्त्रीले मासु र जाँड–रक्सी निषेधसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सम्बद्ध निकायलाई अनुरोध गरे । नियम पालना नगरे कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि उनले जोड दिए ।

एजेन्सी

Comments

Back to top