क्रूर नरसंहारमा संग्लग्न हमास लडाकुलाई मृत्युदण्ड दिँदै इजरायल
इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले इजरायलमा अक्टोबर ७ को क्रूर नरसंहारमा संग्लग्न ६ जना हमास लडाकुलाई मृत्युदण्ड दिने घोषणा गरेको छ ।
आईडीएफले जबलिया क्षेत्रमा हमास कम्पनी कमाण्डर रसेम जुदेह पनि मारिएको पुष्टि गरेको छ । अक्टोबर ७ मा भएको नरसंहारमा प्रत्यक्ष भूमिका खेल्ने अन्य चार हमास कमाण्डर र पाँच अतिरिक्त लडाकु पनि मारिएको इजरायलले जनाएको छ ।
समग्रमा, अपरेसनले १४ लडाकुको मृत्यु भएको बताइएको छ । जसमा ७ अक्टोबरको हमलामा इजरायली क्षेत्रमा घुसपैठ गरेका ६ जना पनि समावेश थिए ।
‘आईडीएफ र आईएसएले अक्टोबर ७ को क्रूर नरसंहारमा भाग लिने प्रत्येक लडाकुविरुद्ध कारबाही जारी राख्नेछ,’ आईडीएफले जनाएको छ ।
आईडीएफ अन्तर्राष्ट्रिय प्रवक्ता लेफ्टिनेन्ट कर्नल नादव शोशानीले हमास लडाकुहरूलाई लक्षित गर्ने कार्यहरूको बारेमा थप विवरण साझा गरेका छन् ।
उनले भने, ‘हमास र इस्लामिक जिहाद सङ्गठनहरूका लगभग २४० जनालाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको थियो, जबकि अन्य २० जना अपरेशनको क्रममा मारिए ।’
पक्राउ परेका मध्ये १५ जना आतङ्ककारीले अक्टोबर ७ मा इजरायलमा घुसपैठ गरेको र नरसंहारमा प्रत्यक्ष संलग्न भएको पहिचान गरिएको छ ।
आईडीएफले हमासको सञ्जाललाई ध्वस्त पार्ने र इजरायली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न काम गर्दा यी कार्यहरू जारी रहने जनाएको छ ।
एजेन्सी
Comments