नेप्सेमा ४.१९ अंकको वृद्धि, ५ अर्ब ३२ करोडको सेयर कारोबार!
बिहिबार नेप्से परिसूचक ४.१९ अंकले बढेर २,६३०.७१ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३१० कम्पनीको कुल २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयरको करिब ५ अर्ब ३२ करोड ९२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ७० कम्पनीको सेयर मूल्य बढेको छ, १६३ कम्पनीको मूल्यमा गिरावट छ भने ९ कम्पनीको मूल्य स्थिर रहको छ।
यस दिन कारोबार भएका ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा कर्पोरेट डेभलपमेन्ट बैँक लिमिटेड, नारायणी डेभलपमेन्ट बैँक लिमिटेड र सिन्दु विकास बैँक लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा प्रभु बैँक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५० करोड ७७ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फण्डको कारोबार भयो।
Comments