सिरियामा असदका समर्थकले गरेको आक्रमणबाट १४ सुरक्षाकर्मी मारिए

सिरियाका सरकारी अधिकारीहरूले पूर्वराष्ट्रपति बसर अल–असदका समर्थकहरूले गरेको आक्रमणमा १४ सुरक्षाकर्मीको मृत्यु भएको बताएका छन् ।

यस आक्रमणमा १० जना घाइते पनि भएका छन् । मंगलबार टार्टस बन्दरगाहनजिकै यो हमला भएको अधिकारीहरूले बताएका छन् ।

सुरक्षाकर्मीहरू सिरियाका एक पूर्वअधिकारीलाई पक्राउ गर्न गएका थिए, सो बेला उनीहरूमाथि आक्रमण भएको थियो ।

असद सरकार करिब दुई हप्ताअघि सिरियामा पतन भएको थियो । अहिले सिरियाको नियन्त्रण विद्रोही इस्लामिक संगठन हयात अल–तहरिर (एचटीएस)को लिएको छ ।

एजेन्सी

Comments

Back to top