ग्रीन भेन्चर्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्रीन भेन्चर्सक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस ११ गतेअन्तिम दिन रहेको छ। यस कम्पनी लिमिटेडले १४ गते बुक क्लोज गर्दैछ।

भोलि र पर्सी शुक्रबार र शनिबार परेकोले नेप्से बन्द रहन्छ। यसर्थ आज बिहीबार सम्म कायम शेयरधनीले मात्रै यो कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन्।

यस कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि साधारण सभा बस्ने भएको छ।

एजेन्सी

Comments

Back to top