दक्षिण कोरियामा ६५ वर्षमाथिको जनसङ्ख्या २० प्रतिशत पुगेसँगै जनसाङ्ख्यिक सङ्कट
दक्षिण कोरियामा ६५ वर्ष वा ६५ वर्ष भन्दामाथिको जनसङ्ख्या २० प्रतिशत पुगेको छ । पाँच जनामध्ये एकजना ६५ वर्ष पुगेसँगै दक्षिण कोरिया ‘सुपर एज्ड’ अर्थात ‘अति वृद्ध’ समाज बनेको सामाचारसंस्था सीएनएनले जनाएको छ ।
दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको तथ्याङ्कअनुसार एक करोड दुई लाख जना मानिस ६५ वर्ष वा त्यसभन्दा माथिका छन् ।
दक्षिण कोरियाको जनसङ्ख्या पाँच करोड १० लाख छ । २० प्रतिशत मानिस बुढ्यौली समूहका रहेको आधिकारिक तथ्याङ्क सार्वजनिक भएसँगै दक्षिण गम्भीर जनसाङ्ख्यिक सङ्कटमा फसेको छ ।
दक्षिण कोरियामा सन् २००८ मा बुढ्यौली उमेर समूहका मानिस कुल जनसङ्ख्याको १० प्रतिशत थिए । सन् २०१९ मा १५ प्रतिशत नाघेकोमा अहिले बढेर २० प्रतिशत पुगेको हो । सन् २०२३ मा दक्षिण कोरियाको जन्मदर शून्य दशमलव ७२ मा झरेको छ । यो विश्वकै सबैभन्दा कम जन्मदर हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को मापदण्ड अनुसार २० प्रतिशत मानिस बुढ्यौली समूहका रहनुलाई जनसाङ्ख्यिक सङ्कट मानिन्छ ।
डब्लूएचओले सात प्रतिशत नागरिक ६५ वर्ष वा त्योभन्दा बढी उमेरका रहेको देशलाई ‘एजिङ’ समाजको वर्गमा राखेको छ । त्यस्तै, १४ प्रतिशत बुढ्यौली भएमा ‘एज्ड’ र २० प्रतिशतभन्दा धेरै बुढ्यौली भएमा ‘सुपर एज्ड’ समाजमा वर्गीकरण गरेको छ ।
विश्वमा सबैभन्दा पहिले सन् २००६ मा जापान ‘सुपर एज्ड’ समाज बनेको थियो । अहिले विश्वको कुल जनसङ्ख्याको १० प्रतिशत मानेर ६५ वर्ष वा त्यो भन्दा बढी उमेर समूहका रहेका छन् ।
एजेन्सी
Comments