बिहानै खाली पेटमा पानी पिउँदा पाचन प्रणालीदेखि रक्त सञ्चार सुधारसम्मका फाइदा
बिहान उठ्ने बित्तिकै एक गिलास पानी पिउने बानी स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यसले पाचन प्रणालीलाई मात्र होइन, शरीरको मेटाबोलिज्मलाई पनि बढाउँछ । आयुर्वेदले पनि यो बानी अपनाउन सल्लाह दिन्छ। केही अध्ययनले चिसो पानीले तौल घटाउन मद्दत गर्न सक्छ भन्ने देखाएका छन् । तातो पानीले तिर्खा मेट्नुका साथै शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।
खाली पेटमा तातो पानी पिउनुका फाइदा
पाचन प्रणालीका लागि फाइदाजनक : तातो पानीले पाचनलाई बढाउँछ । किनभने यसले पेटमा पाचक इन्जाइमहरूलाई सक्रिय गर्छ र शरीरलाई डिटक्स गर्छ । यसले रक्तसञ्चारलाई बढाएर पाचन प्रणालीलाई खाना सजिलै पचाउन मद्दत गर्छ । यसले ग्यास र कब्जियतको समस्या पनि कम गर्न सक्छ ।
डिटक्सिफिकेसनमा सहयोगी : तातो पानी पिउनाले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत पुग्छ । एक अध्ययनअनुसार तातो पानीले शरीरको डिटक्स प्रक्रियालाई तीव्र बनाउँछ । तातो पानीको सेवनले रक्त नलीहरू फैलिन्छन्, जसले शरीरका कोषहरूबाट विषाक्त पदार्थलाई बाहिर निकाल्छ ।
रक्तसञ्चारमा सुधार : तातो पानी सेवनले रक्त सञ्चारलाई सुधार्न मद्दत गर्छ । यसले रक्त नलीहरूलाई आराम दिने अध्ययनहरूले देखाएका छन् । यसको सेवनले अक्सिजन र पोषक तत्त्वहरूलाई शरीरका विभिन्न भागमा राम्रोसँग पुर्याउन मद्दत गर्छ ।
चिसो पानी पिउनुका फाइदा
तौल घटाउन मद्दत : चिसो पानी पिउनाले क्यालोरी बर्न हुन्छ, यद्यपि यसको प्रभाव भने धेरै हुँदैन । चिसो पानी पिउँदा शरीरलाई सामान्य तापक्रममा ल्याउन बढी मेहनत गर्नुपर्ने एक अध्ययनले देखाएको छ । किनकि यसले केही क्यालोरी बर्न गर्छ ।
ताजा महसुस : गर्मीमा चिसो पानीले ताजा महसुस गराउँछ। यसले शरीरलाई चिसो बनाएर थकान कम गर्छ । बिहान चिसो पानी पिउँदा ताजा महसुस हुन्छ ।
एजेन्सी
Comments