हाइटीको पत्रकार सम्मेलनमा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु

हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा एक हतियारधारी व्यक्तिले गोली चलाएका छन् ।

राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ भने कैयौं घाइते भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको हो ।

यो सार्वजनिक अस्पताल साउनअघि हिंसात्मक समूहले कब्जा गरेको थियो ।

पत्रकारहरूले स्वास्थ्यमन्त्रीलाई पर्खिरहेकाे अवस्थामा गोली चलेको हो । हमला भिभ अन्सानम समूहले गराएको बताइएको छ ।

यो गोलीबारीपछिका धेरै भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

एजेन्सी

Comments

Back to top